ओली-प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ।

मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको हो। ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको बताइएकाे छ।

 गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षाबाट ६१ जना सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको हो।

गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै ओलीको सुरक्षामा खटिएका २७ जना र प्रचण्डको सुरक्षामा खटिएका ३४ जना सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका हुन्।