आज असोज २४ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- धेरै बोल्ने बानीले दुःख पाइने सम्भावना छ, होस पुर्याउनुहोस् । धन नोक्सानीको योग पनि छ । सन्तानबाट अपेक्षित सहयोग नपाउँदा केही पीडा हुनेछ । स्वास्थ्यमा समस्या आउनुका साथै उपचारमा खर्च बढ्नेछ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- आफूभन्दा ठूला व्यक्तिको सल्लाह अनुसार चल्दा समर्थन र सहयोग पाइनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नतिको अवसर प्राप्त हुनेछ । जाँगरमा सुधार आउनेछ र आफन्तको सहयोगले रोकिएका कामहरू अघि बढ्नेछन्।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- गरिरहेको कामबाट लाभ हुने समय आएको छ । धन कमाउने अवसरहरू मिल्नेछन् । काममा जोश र जाँगर बढ्नेछ, आर्थिक तथा सामाजिक लाभ पाइनेछ। उद्योग वा कलकारखानामा लगानी गर्दा फाइदा हुनेछ । यात्राको योग पनि छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै रोकिएका कामहरू बन्न थाल्नेछन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिवार र साथीभाइबाट सुख शान्ति पाइनेछ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- भौतिक साधन बिग्रिनाले लक्ष्य प्राप्त गर्न कठिनाइ हुनेछ । खर्च अत्यधिक बढ्ने सम्भावना छ । काममा लागे पनि कुन काम प्राथमिकतामा राख्ने भन्ने निर्णयमा अनिश्चितता हुनेछ । सोचेअनुसार काम नबन्ने र लगानीको रकम फिर्ता नहुने योग छ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- मेहनतले प्रतिस्पर्धामा जित दिलाउन सक्छ । प्रयत्न गरेको काम छोटो समयमा पूरा हुनेछ । नयाँ लुगा र मीठा परिकारको आनन्द पाइनेछ । तथापि, आज समय अलमलमा बित्ने सम्भावना छ र काममा मन नलाग्न सक्छ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- आज धैर्यपूर्वक परिश्रम गर्ने दिन हो । प्रशंसकहरू बढ्नेछन् । आर्थिक कार्य फलदायी हुनेछन् । पारिवारिक सुख र आत्मबलमा वृद्धि हुनेछ । व्यापारमा पनि सोचेजस्तै फाइदा हुने दिन छ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- अधुरा कामहरू पूरा हुने दिन हो । आर्थिक लाभका साथै पैतृक सम्पत्तिबाट फाइदा हुने सम्भावना छ । धार्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ । सवारी साधन वा नयाँ सामान किन्ने योग पनि देखिन्छ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- विवाद वा झगडामा पर्न सकिने योग छ, सावधान रहनुहोस् । शारीरिक तथा मानसिक आलस्य बढ्नेछ । अनावश्यक डर, तनाव र वादविवाद हुन सक्ने भएकाले आजको समय विशेष सावधानीपूर्वक बिताउनुहोस्।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- परिवारजनसँग असमझदारी बढ्नेछ । मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नभए पनि अरूका कारणले काममा बाधा आउन सक्छ । घर–परिवारमा खटपट र व्यवहारिक समस्या देखिनेछ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- प्रतिस्पर्धी माथि विजय प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद र समृद्ध बन्नेछ । पर्यटकीय स्थल वा तीर्थस्थान भ्रमण हुन सक्छ । घरायसी वातावरण सुमधुर रहनेछ र दिन रमाइलो बित्नेछ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- मनमा सद्विचार आउँदा उत्साह बढ्नेछ । मान–सम्मान प्राप्त हुनेछ । पारिवारिक समस्या समाधान हुनेछन्। महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । कृषिजन्य वा व्यापारिक क्षेत्रमा लाभ हुने सम्भावना छ । दान–पुण्यप्रति आकर्षण बढ्नेछ।
