आज असोज २५ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- पैत्रिक सम्पत्तिमा विवाद आउन सक्नेछ र दाजुभाइबीच भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तबाट टाढिनुपर्नेछ । माता पिता सम्बन्धी चिन्ता बढ्नेछ । विश्वासपात्रले धोका दिने सम्भावना छ । वैदेशिक रोजगारीमा केही समस्या आउन सक्छ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- एक्लोपनाको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानि वा लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी र मित्र बन्धुसँग मनमुटाव बढ्नेछ । सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ । काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्नेछ । मानहानि वा अपयशको सम्भावना पनि छ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कन सक्छ । पारिवारिक समस्याहरू देखा पर्न सक्छन् । साझेदारीमा विवाद र पति पत्नी बीच असमझदारी बढ्नेछ । तर शिक्षा र साझेदारीमा फाइदा हुनेछ । परोपकार र मङ्गलमय काम सम्पादन हुनेछ । मान सम्मान प्राप्त हुनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- पेट र छाती सम्बन्धी समस्या सताउन सक्छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । धेरै रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता र पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ । मनन, ध्यान वा रचनात्मक कार्यमा रुचि बढ्नेछ । घरमै बसेर विभिन्न काम सम्पादन गर्न सकिनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- नयाँ उद्योग वा धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछन् । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुर्‍याउन सक्छ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरणको योग पनि छ । तर आफन्तसँग मनमुटाव बढ्नेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप लाग्ने सम्भावना छ । बाहिरी यात्रा र प्रवासका लागि समय अनुकूल छ । सहयोगी वा अनुयायीले प्रतिस्पर्धा गर्न थाल्नेछन् । कृषि र व्यवसायमा उन्नति र मनग्ये धन कमाउने अवसर जुट्नेछ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- साना व्यक्तिको सहयोगले ठूलो फाइदा लिन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नेछ र विभिन्न अवसर प्राप्त हुनेछन् । जीवन साथी र सन्तानबाट भौतिक लाभ हुनेछ । घर जग्गा जोड्ने मौका छ । विशेष अध्ययनका लागि विदेश यात्रा गर्न सकिने योग छ। साथीभाइ र परिवारबाट धोका पाउने सम्भावना छ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन् । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठन पाठनमा प्रगति हुनेछ । सोच्ने शक्ति बढ्नेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मान सम्मान प्राप्त हुनेछ । जीवन साथी र सहयोगीहरूको साथले काम सहज रूपमा सफल हुनेछ । विद्यार्थीहरूको लागि विशेष उपलब्धिमूलक समय छ । घरमा सामान्य मनमुटाव हुने सम्भावना छ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावना छ । बुद्धि विवेकको उपयोग गर्न नसक्ने अवस्था आउन सक्छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा पर्ने र आर्थिक संकटले सताउने योग छ । सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सफल हुनेछन्।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- कृषि र पशुपालनमा सामान्य लाभ, उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आयआर्जनका विभिन्न माध्यम प्राप्त हुनेछन् । मान सम्मान प्राप्त हुनेछ । उद्योगधन्दा र रोजगारीका अवसरहरू बढ्नेछन्।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । बिना कारण चुनौतीको सामना गर्नुपर्नेछ । आयआर्जनका स्रोत प्रशस्त भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता प्राप्त हुनेछ । पढाइ लेखाइमा राम्रो नतिजा आउनेछ । विभिन्न अवसर प्राप्त हुनेछन्।