कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक शनिबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ।

बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेण्डा टुङ्गो लगाउने छ।

यसअघि बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेकोमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो।

बैठकमा धारणा राख्ने नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको जडबारे केन्द्रीय समिति बैठकमा एजेन्डा बनाउने गरी धारणा राखेका थिए।

धारणा राख्ने अधिकांश नेताहरूले वर्तमान कार्यसमितिको म्याद थप्न नहुने र मङ्सिरमा नियमित महाधिवेशन राख्नुपर्ने बताएका थिए ।