चार लाख घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुईजना नियन्त्रणमा
रौतहट। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रौतहटमा ४ लाख ५० हजार घुस लिएको प्रधानाध्यापकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजयप्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानुलाई नियन्त्रणमा लिइएको हो। उनीहरूलाई टोलीले पर्सा वीरगञ्ज महानगरपालिका–१३ अदातरो स्थित एक होटलबाट घुससहित नियन्त्रणमा लिएको हो।
अख्तियार प्रवक्ता राजेन्द्रप्रसाद पौडेलका अनुसार विद्यालयले शिक्षक आवश्यक भनी खुलाएको विज्ञापनमा बिचौलियासँग मिलेर घुस लिएको आरोप छ।
