महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको आवेदन खुल्यो
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय टिमको लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको छ। शनिबार क्यानले महिला टिमको मुख्य प्रशिक्षकको आवेदन माग गरेको हो।
क्यानका अनुसार मुख्य प्रशिक्षकको आवेदन दिन इसिबी/सीए लेभल–३ को कोर्ष प्राप्त गरेको हुनुपर्ने र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेटको अनुभव भएकोले आवेदन दिन सक्ने जनाएको छ।
क्यानले अक्टोबर २५ गतेसम्म आवेदन दिन भनेको छ। क्यानले महिला विश्वकप छनोटलाई मध्यनजर गर्दै महिला टोलीका लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको हो। नेपालले यही जनवरीमा काठमाडौँमा हुने टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ।
