सुनचाँदीकै मूल्यमा नयाँ रेकर्ड,तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन २ हजार ४ सय र चाँदी ९५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।
अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ लाख ४० हजार ४ सय कायम भएको छ। अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ। चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला ९५ रुपैयाँ बढेको महासंघले जनाएको छ।
