गौरीघाटमा एक महिलाको हत्या, श्रीमान पक्राउ
काठमाडौं । काठमाडौंको गौरीघाटमा एक महिलाको हत्या भएको छ । आइतबार दिउँसो गौरीघाटस्थित मिलनचोक बस्ने ४० वर्षीया बिमला तामाङको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
बिमला कोठामा मृत फेला परेपछि प्रहरीले उनका श्रीमान् संखुवासभा खाँदबारी नगरपालिका–६ का ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरू दुई जनाबीच विवाद भएको र त्यसक्रममा झगडा हुँदा तेन्जिङले बिमलामाथि कुटपिट र ढुंगा समेत प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
