नख्खुबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ
काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनको क्रममा नख्खुबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी सिन्धुपाल्चोकको इन्द्रावती९३ का ३५ वर्षीय रविन आचार्य बनेपा–६ बुडोलबाट पक्राउ परेका छन्।
काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा.प्र.००१ ज ३८६ नं को ईभी गाडीमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेक्वाटर पाँचखालबाट खटिएको टोलीले पक्रेको हो।
पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेक्वाटर काभ्रेका प्रमुख एसपी माधव रेग्मीले जानकारी दिए।
