आज असोज २९ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- धन कमाउने योग छ र फलिफाप हुने दिन रहेको छ । पशुधनबाट पनि प्रशस्त फाइदा मिल्ने सम्भावना छ । काम बन्ने भएकाले मनमा सुखको अनुभूति हुनेछ। रमाइलो र सफल दिन रहनेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- गरेका काम सफल हुनेछन् र त्यसबाट सन्तोषको अनुभव हुनेछ । नोकरीमा सामान्य प्रगति हुनेछ । विभिन्न किसिमका फाइदा हुनेछन् र अप्रत्याशित लाभ प्राप्त हुनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- काममा समस्या देखा पर्न सक्छ । अनावश्यक झमेलामा पर्न सक्ने भएकाले सचेत रहनुहोस् । आज केही हानी हुने सम्भावना छ, त्यसैले सावधानी अपनाउनु बुद्धिमानी हुनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- तपाईंको विचारले अरूलाई आकर्षित गर्ने समय आएको छ । धन आर्जनका अवसरहरू मिल्नेछन् । परोपकारका कार्यमा रुचि बढ्नेछ । कमाइको हिसाबले दिन शुभ रहनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- अनौठो तरिकाले कमाइ भई मन प्रशन्न हुनेछ । टाढाको यात्राको योग पनि रहेको छ । फलिफाप हुने दिन हो । राम्रो कमाइका कारण सुख र सन्तोष प्राप्त हुनेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- टाढाको यात्रा गर्ने योजना छ भने केही दिनका लागि स्थगित गर्नु उपयुक्त हुनेछ । केही सुखद र केही दुःखद अनुभव हुन सक्छ । आकस्मिक रूपमा कमाइ हुने सम्भावना पनि छ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- गरेका कामबाट ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। समयको व्यर्थ नाश हुने सम्भावना छ । नसोचेको स्थानमा खर्च बढ्न सक्छ, आर्थिक व्यवस्थापनमा सावधानी अपनाउनुहोस्।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- अवसर खोज्ने क्रममा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको सम्भावना छ । तर, आत्मीय व्यक्ति वा आफन्तको भेटले मनमा खुशी ल्याउनेछ । सुखद अनुभव हुने दिन हो।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- श्रद्धा, परोपकार र धर्म कर्ममा मन जानेछ । स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । खर्चभन्दा कमाइ बढी हुनेछ । शिक्षा र ज्ञानका क्षेत्रमा पनि प्रगति हुने योग छ। पैसाको लाभ हुनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- दुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । आर्थिक लाभका अवसरहरू पनि प्राप्त हुनेछन् । विपरीत लिङ्गको साथ र सहयोगले मन प्रशन्न हुनेछ । मनोरञ्जनात्मक कार्यबाट पनि लाभ मिल्नेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- बिहान काममा सफलता मिल्नेछ भने बेलुका सामान्य तनाव हुन सक्छ। इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सक्ने सम्भावना छ । दिन प्रतिकूल भएकाले धैर्य र सावधानी आवश्यक छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- पेशागत क्षेत्रमा केही समस्या देखिन सक्छ। केही सुखद र केही दुःखद घटना हुन सक्छन् । नोकरीमा झमेला वा डर उत्पन्न हुन सक्छ । काममा स्थायित्वका लागि धैर्यपूर्वक अघि बढ्नुहोस्।