आज असोज ३० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- मनोरञ्जनपूर्ण दिन रहनेछ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता छाउनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ने योग छ ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- काममा उत्साह र लगाव बढ्नेछ । व्यवसायमा थप लगानी गर्न सकिनेछ । वैदेशिक कामकाजमा फाइदा हुनेछ । अप्रत्याशित लाभको सम्भावना छ । नयाँ अवसर र स्रोत फेला पर्न सक्छन् ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- पीडा दिनेहरू सक्रिय हुने समय भएकाले सावधान रहनुहोस् । स्वास्थ्यमा समस्या आउन सक्छ । धन नाशको योग छ । अनावश्यक विवाद वा झमेलामा पर्न सकिन्छ, त्यसैले खानपान र व्यवहारमा सचेत रहनुहोस्।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो –अन्न, कृषि तथा पशुधन सम्बन्धी काममा लाभ मिल्नेछ । अरूको समर्थन र सहयोग प्राप्त हुनेछ । रमाइलो र उत्साहपूर्ण तरिकाले कार्यहरू सम्पन्न गर्न सकिनेछ । जमिन सम्बन्धी लाभको पनि सम्भावना छ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आर्थिक क्षेत्रमा उन्नति हुनेछ । नसोचेको ठाउँबाट धन लाभ भई मन हर्षित हुनेछ । आफ्ना योजनाबाट अपेक्षाभन्दा बढी लाभ मिल्ने सम्भावना छ । निर्माण र व्यवहारिक क्षेत्रमा सफलता पाइनेछ ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- धन आर्जनका अवसर मिल्नेछन् । लामो यात्राको योग छ । साथीभाइ र परिवारबाट सुख शान्ति प्राप्त हुनेछ । धनमाल कमाउने सम्भावना बढ्ने दिन छ ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- अनावश्यक खर्चले मन पिरोलिन सक्छ । सोच्दै नसोचेको ठाउँमा खर्च बढ्ने सम्भावना छ । धनमाल हराउने वा हानी हुने योग छ, त्यसैले खर्चमा संयम अपनाउनुहोस्।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- प्रियजनसँगको भेटघाटले मन प्रफुल्ल हुनेछ । तर, भाग्यले पूर्ण साथ नदिई खर्च बढ्न सक्छ । लेनदेन र सम्बन्धमा विवाद बढ्ने सम्भावना छ । संयम र धैर्यका साथ काम गर्नु बुद्धिमानी हुनेछ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे -बचत हुने सम्भावना प्रबल छ । नयाँ कामका योजना बन्नेछन् । व्यापारमा सफलता पाइनेछ । यात्राको अवसर मिल्ने र फाइदा हुने दिन छ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- नयाँ योजना र अवसर फेला पर्न सक्छन् । रमाइलो तरिकाले काम सम्पन्न गर्न सकिनेछ । पशुधन र जमिनबाट लाभ मिल्ने सम्भावना छ । अधूरा काम पूरा हुनेछन् । नोकरी वा राजनीतिमा सफलता हात लाग्न सक्छ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- आगो वा मेसिनरी उपकरणबाट सावधान रहनुहोस् । विवादको सामना गर्नुपर्ने स्थिति आउन सक्छ । आजका योजना पूर्ण रूपमा कार्यान्वयन नहुन सक्छन् । तथापि, परिश्रमले आर्थिक क्षेत्रमा प्रगति हुनेछ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- मान सम्मान प्राप्त हुनेछ, तर मनमा हल्का डर रहनेछ । स्वास्थ्य अवस्था सामान्य र सन्तोषजनक रहनेछ । आर्थिक लाभ र व्यापारमा सफलता पाइनेछ । यात्रामा रमाउने र भेटघाटमा सहयोग प्राप्त हुने योग छ।
