सुनको मूल्य हालसम्मकै उच्च,तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९०० पुगेको हो
बुधबार एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ।
आज एक तोला चाँदी ३ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँ पुगेको थियो।
