‘नेपो बेबी’भन्दै नेताहरू र व्यवसायीका छोराछोरीमाथि आक्रमण भयो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा ‘नेपो बेबी’ भन्दै नेताहरू र व्यवसायीका छोराछोरीमाथि आक्रमण भएको बताएका छन् ।

शनिवार च्यासलमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले यस्ता आक्रमणले युवा र कोमल मनहरूलाई गहिरो असर पारेको उल्लेख गरे। ‘यो सभ्य समाज हो कि असभ्यहरूको भिड होरु’ ओलीले प्रश्न गरे, ‘यो कुनै एक व्यक्तिको मात्र कुरा होइन । नेपो बेबी भन्दै कोमल मनहरूमाथि गम्भीर आघात पुगेको छ । यसले गर्दा कतिपयले राम्रोसँग पढ्न छोड्छन्, स्कूल जान डराउँछन्, कतै मलाई नेपो बेबी भनेर कुट्छन् कि भन्ने डरले ।

पूर्वमिस नेपाल शृङ्खला खतिवडातर्फ संकेत गर्दै ओलीले उनी कुनै धनी बाबुआमाकी छोरी नभएको बताए । ‘माया र स्नेहले हुर्काइएकी, सुन्दर अनुहार र राम्रो शिक्षा प्राप्त गरेकी शृङ्खला कुनै धनाढ्य परिवारकी छोरी होइनन्,उनले भने,उनका लागि यो अप्रत्याशित र अन्यायपूर्ण आक्रमण भयो।