नेपाली क्रिकेट टोलीमा अनिल र भीमको पुनरागम

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सीडब्ल्यूसी लिग-२ को एकदिवसीय सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। शनिवार क्यानले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो।

टोलीमा अनिल साह र भीम सार्कीलाई समावेश गरिएको छ। यद्यपि, हालै टी-२० विश्वकप छनोट टिममा रहेका सन्दीप जोरा, लोकेश बम र आदिल आलम भने यो सिरिजका लागि छनोट भएका छैनन्।

नेपालले यूएईमा आयोजना हुने लिग-२ को सिरिजमा यूएई र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। नेपालको खेल अक्टोबर २६ बाट सुरु हुनेछ। लिग-२ अन्तर्गतको सिरिजमा तीनवटै टोलीले चार-चार खेल खेल्नेछन्।