विपिनको शव आज काठमाडौं ल्याइँदै,नेपाली सेनाले घरसम्म पुर्याउने

काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको शव आज नेपाल ल्याइपुर्याइँदै छ । इजरायल सरकारले फ्लाई दुबईको उडानमार्फत विपिनको शव काठमाडौं पठाएको छ ।

उनको शव आज दिउँसो ३ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने ऊर्जा मन्त्री कुलमान घिसिङले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले विपिनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ ।

काठमाडौंबाट विपिनको शव नेपाली सेनाको संयोजनमा आजै उनको घर कञ्चनपुर पु¥याइने छ । ०८० असोज २३ देखि हमासको कब्जामा रहेका विपिनको मृत्यु मंसिरतिरै भएको नेपाली अधिकारीलाई इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन् ।

विपिनको मृत्यु भएको जानकारी भने हमास समूहले २६ असोजमा मात्र सार्वजनिक गरेको थियो । त्यसै साँझ गाजाबाट इजरायलले शव तेलअभिभ ल्याएको थियो । मंगलबार डिएनए परीक्षणमा उक्त शव विपिनकै भएको पुष्टि गरिएको थियो ।