नेपाल संवतका तीन कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री

काठमाडौं। आजबाट नेपाल सवंत ११४६ सुरु भएको छ। नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने यस संवतका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। सोही अवसरमा प्रधानमन्त्री सुशीला कार्की तीनवटा फरक फरक कार्यक्रममा सहभागी हुँदैछिन्।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्री कार्की बिहान ७ बजे ललितपुरको मंगलबजार पुग्ने कार्यतालिका छ।

त्यस्तै पौने ९ बजे भक्तपुरमा आयोजित कायक्रममा सहभागी हुनेछिन्। मध्यपुर थिमीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी हुने रावलले बताएका छन्।

त्यसपछि लगत्तै प्रधानमन्त्री कार्की काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा सहभागी हुनेछिन्। उनी बिहान साढे ९ बजे बसन्तपुरमा सहभागी कार्यक्रममा सहभागी हुन पुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सवंत्को सुरुवात गराएका थिए।