रानीपोखरीमा भाइटीका लगाउनेको भिड

काठमाडौं। पुनर्निर्माण भएको रानीपोखरी यसवर्ष भाइटीकामा खुलेको छ। यससँग दिदीबहिनी नहुने तथा विभिन्न कारणले भेट नभएका दाजुभाइले रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन्।

२०७२ वैशाखको भूकम्पले रानीपोखरी क्षतिग्रस्त भएपछि बालगोपालेश्वर मन्दीरमा लगाइने भाइटीका समेत प्रभावित भएको थियो । हालै मात्र रानीपोखरीसँगै बालगोपालेश्वर मन्दीर पुनर्निर्माण भएको छ । रानी पोखरीमा अहिले भाइटीका लगाउने भिड रहेको छ।