नयाँ मतदाता दर्ता गर्ने काममा लाग्न महामन्त्रीद्वयको परिपत्र

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली सूचीकरण गर्ने कार्यमा लाग्न पार्टी संरचनालाई परिपत्र गरेका छन्।

महामन्त्रीद्वय थापा र शर्माले छठ लगत्तै नयाँ मतदाता दर्ता गर्ने काममा लाग्न प्रदेशदेखि वडा तहसम्मका संरचनालाई परिपत्र गरेका हुन्।

जिल्ला समितिको बैठक गरेर सबै क्षेत्रमा टिम परिचालन गर्न तथा उमेर पुगेका युवाहरुलाई मतदाता नामावलीमा नाम दर्ता गर्न जानका लागि प्रेरित गर्न पनि परिपत्रमा निर्देशन दिइएको छ।

नामावली सूचीकृत गर्नका लागि युवा उमेर समूहसँग छलफल गर्न र युवा उमेर समूहबाट खटाउने गरी दर्तामा सहजीकरण गर्न ‘मतदाता दर्ता समूह’ गठन गर्न सुझाव दिइएको छ।

निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचनका लागि ३० कात्तिकसम्म नयाँ मतदाताका लागि दर्ता गर्न समयावधि तोकेको छ।