नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै
काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।
फिफाको वरियतामा नेपाल ८९औं स्थानमा छ भने भारत ६३औं स्थानमा रहेको छ। नेपालले यसअघि भारतसँग १८ खेल खेलेको छ। जसमा नेपालले २ खेल मात्र जितेको छ भने ५ खेल बराबरी खेलेको छ। त्यस्तै ११ खेल भारतले जितेको छ।
नेपालले यसअघि खेलेको इरानविरुद्धको मैत्रीपूर्ण खेल ३-० ले हारेको थियो।
मैत्रीपूर्ण खेलका लागि एन्फाले सावित्रा भण्डारी साम्बाको कप्तानीमा २३ सदस्यीय टिम भारत पुगेको छ।
नेपाली महिला फुटबल टिम
गोलकिपर:अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ।
डिफेन्डर:निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी,विमला विक,पुजा राना,सजनी थोकर र हिरा कुमारी भुजेल।
मिडफिल्डर: अनिता बस्नेत, रेणुका नगरकोटी, प्रीति राई,सरु लिम्बु,सविता राणा मगर, सरस्वती हमाल र दीपा शाही।
फरवार्ड: रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई र सावित्रा भण्डारी।
