प्रहरी हत्या आरोपमा थप दुई जना पक्राउ
काठमाडौं। प्रहरी वृत्त महाराजगन्जका जवान उत्तम थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन्। सोमबार प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापालाई प्रदर्शनकारीहरूले कुटपिट गरी हत्या गरेका थिए।
उनीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले सुकेधाराबाट २२ वर्षीय अलिष श्रेष्ठलाई पक्राउ गरेको हो। उनी सिन्धुली घर भई सुकेधारा बस्दै आएका थिए।
स्तै सोमबार नै सुकेधाराबाटै रसुवा घर भई मनमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ पनि पक्राउ परेका हुन्।
बै जनालाई प्रहरी वृत्त महाराजगन्जमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। यसअघि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरिसकेको छ।
