जेनजी आन्दोलनले रोकिएका त्रिविका परीक्षा कात्तिक २४ गतेदेखि सञ्चालन हुने
काठमाडौं। जेनजी आन्दोलनले स्थगित भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि)का परीक्षा कात्तिक २४ गतेदेखि सञ्चालन हुने भएको छ। त्रिविले चारवर्षे दोस्रो वर्षको परीक्षा तालिका समेत सार्वजनिक गरिसकेको छ।
परीक्षा तालिकाअनुसार बिएस्सी दुई वर्षेको कात्तिक २४ गतेदेखि परीक्षा सञ्चालन हुने छ। यस्तै,बिबिएस दोस्रो वर्षको पनि सोही दिनदेखि परीक्षा सञ्चालन हुनेछ। बिएड र बिए दोस्रो वर्षको पनि सोही दिनबाट परीक्षा सञ्चालन हुनेछ।
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि पुनस् उक्त परीक्षा लिइने भएको छ। ४ वर्षे स्नातक तह दोस्रो वर्ष मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकायतर्फको आंशिक तथा मौका परीक्षाको भदौ २२ र २३ गते सञ्चालन भएको उत्तरपुस्तिका जलेको छ।
जसका कारण कन्काई आदर्श क्याम्पस, विर्तामोड, झापा, जनज्योति बहुमुखी स्याम्पस, रौतहट, चन्द्रनिगाहपुर र सिद्ध रत्ननाथ क्याम्पस, घोराही, दाङ परीक्षा केन्द्रहरूको परीक्षा रद्द गरिएको थियो।
उक्त परीक्षा पुनस् मंसिर ४ र ५ गते सोही परीक्षा केन्द्रमा सञ्चालन हुने त्रिविले जनाएको छ।
