जेनजी,सरकार र राजनीतिक दलबीच त्रिपक्षीय वार्ता जारी, को-को छन् सहभागी ?

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच त्रिपक्षीय वार्ता जारी रहेको छ ।

प्रतिनिधिसभा निर्वाचनको तयारीलाई सहज बनाउन सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तालाई एउटै छलफलमा ल्याएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार आगामी निर्वाचनका लागि सकारात्मक वातावरण बनाउन यो वार्ता महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलबीच मात्र संवाद भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय छलफलमा समयमै निर्वाचन सम्पन्न गर्ने सहमति बनेको थियो ।

सरकारले लामो समयपछिको यो औपचारिक राजनीतिक संवादबाट सहकार्य र विश्वासको वातावरण पुनःस्थापना हुने अपेक्षा गरेको छ ।

बैठकमा सहभागी राजनीतिक दलका नेताहरू

नारायणकाजी श्रेष्ठ
वर्षमान पुन
माधव सापकोटा
प्रकाश अधिकारी
दीपक कार्की
प्रकाश ज्वाला
राजेन्द्र पाण्डे
मोहन श्रेष्ठ
राजेन्द्र गुरुङ
निशा डाँगी
स्वर्णिम वाग्ले
महेश बर्तौला
क्षितिज थेबे
वसन्त कुशवाह
प्रकाशशरण महत

बैठकमा सहभागी जेनजी प्रतिनिधिहरू
मोनिका निरौला
रक्षा बम
पुरुषोत्तम यादव
सामना लावती
खेमराज साउँद
उपअर्जुन चाम्लिङ
भोजविक्रम थापा
मिराज ढुंगाना
विवेक दाहाल
जेम्स कार्की
रेहनराज डंगोल
अमीत खनाल
राजन रानामगर