विप्लव, जनार्दन र घनश्याम सहकार्य गर्न तयार

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनार्दन शर्मा र घनश्याम भूसालबीच राजनीतिक सहकार्य गर्ने सहमति भएको छ।

शुक्रबार बिहान विप्लव निवास हरिसिद्धिमा भएको भेटपछि तीन नेताबीच मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्ने गरी सहकार्य गर्ने सहमति भएको हो।

नेता भुसालले मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्नेगरी सहकार्यलाई विस्तार गर्दै लैजान तयार भएको बताए । यद्यपी त्यसलाई एकीकरण भन्ने भ्रम भने पाल्न नहुने उनले बताए।

नेता भूसालले आफूहरूबीच विगतमा पनि सहकार्य भएको भन्दै थप समीक्षा गरिने बताए । बैठकमा भएका छलफलका विषयलाई समेटेर तीन नेताको तर्फबाट आजै संयुक्त विज्ञप्ति जारी हुँदैछ।

शर्मा र भूसाल आज बिहानै हरिसिद्धीस्थित विप्लवनिवास पुगेर मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिष्ट पार्टीहरूबीच सहकार्यलगायतका विषयमा छलफल गरेका थिए।