कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिकोआकस्मिक बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्नेगरी आकस्मिक बैठक बोलाएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशन दिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । केका लागि आकस्मिक बैठक बोलाइयो भन्ने विषय भने खुलाइएको छैन ।
तर, बैठकले पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । कांग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री आलमको उपचारको क्रममा गएराति निधन भएको थियो ।
