सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैन: महासिचव पोखरेल
काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नलागेको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित पार्टीको जनप्रर्दशन तथा जनसभामा बोल्दै उनले सो कुरा बताएका हुन्।
महासचिव पोखरेलले लोकतन्त्रमा निर्वाचन अनिवार्य हुने भएपनि सरकारले त्यसका लागि आवश्यक वातावरण बनाउन नचाहेको जिकिर समेत गरे। सरकारले सुरक्षा निकायको मनोबल बढाउने कुनै काम गर्न नसकेको समेत उनले बताए।
लोकतन्त्रमा चुनाव अनिवार्य हुने गर्दछ। अहिलेको सरकार के चुनाव गराउने बाटोतिर अघि बढिरहेको छ? यो सरकार चुनाव गराउने बाटोतिर अघि बढिरहेको छैनु, पोखरेलले भने,भदौ २४ गते सबैभन्दा ज्यादा क्षति नेपाल प्रहरीले ब्यहोर्यो।
प्रहरीका कार्यालयहरु सबै ध्वस्त गरिए। हतियार र गोलीगठ्ठा सबै लुटिए। प्रहरीको मनोबल कमजोर पारियो। अहिले सरकारले उनीहरुको मनोबल उठाउने काम समेत गर्न सकेको छैन।
महासचिव पोखरेलले सरकारले एमालेको कार्यक्रम गर्न समेत नदिने खालको षडयन्त्र गरिरहेको आरोपसमेत लगाए।
