सुनचाँदीको मूल्य बढ्यो,तोलामा कति ?

काठमाडौं। मंगलबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

केही दिन घटेको सुन फेरि उकालो लागेको छ । यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको छ। यस दिन चाँदीको भाउ प्रतितोला ३२०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन ३११५ रुपैयाँ थियो। यसअघि असोज ३१ गते चाँदी हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।