काठमाडौं उपत्यका प्रहरीको कमाण्ड एआईजी कार्कीलाई
काठमाडौं। काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी नवनियुक्त अतिरिक्त महानिरीक्षक ९एआईजी० ईश्वर कार्कीले पाएका छन्।
मन्त्रिपरिषद् बैठकले कार्कीलाई एआईजीमा बढुवा गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय गरेको हो । एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएसँगै एआईजीविहीन थियो।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत कार्कीलाई सोमबार बसेको मन्त्रीपरिषद बैठकले एआईजीमा बढुवा गर्दै उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । एआईजी कार्की आईजीपी दानबहादुर कार्कीकै ब्याची हुन्।
