माइतीघरमा सरकारविरूद्ध जेनजीको प्रदर्शन

काठमाडौं । जेनजीको समूहले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। केही दिनदेखि जेनजीहरूलाई सिंहदरबार जान रोक लगाइएपछि माइतीघरमा भेला भएर पम्प्लेटसहित उनीहरुले सरकारको विरोध गरेका हुन्।

उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर ‘ओलीको खेलमा,सुशीलाको झेलमा, जेनजी सबै जेलमा’,सुशीलाको पाराले दुख पाए साराले’, ‘जेनजीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी’ जस्ता पम्प्लेट प्रदर्शन गरेका छन्।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध जेनजी समूह फेरि सडकमा उत्रिएको हो। प्रदर्शनमा रहेको समूहले माइतीघरबाट सबै जेनजीलाई एकताबद्ध हुनसमेत आह्वान गरेको छ।