नेपालले बङ्गलादेशलाई थप २० मेगावाट विद्युत् निर्यात गर्ने
काठमाडौं । नेपालबाट बङ्गलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । बिहीबार बङ्गलादेशको ढाकामा बसेको नेपाल-बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औँ बैठकमा यस्तो सहमति जुटेको हो ।
बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बङ्गलादेशको ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए ।
सोही बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बङ्गलादेशले आयोजना मूल्याङ्कनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रिया बढाउने र जेभीए छिटो टुङ्ग्याउने सहमति समेत भएको छ ।
अहिले नेपालले बङ्गलादेशलाई ४० मेगावाट निर्यात गरिरहेको छ । यस अतिरिक्त थप २० मेगावाट निर्यात सहमति भएको हो ।
