सशस्त्रका महर्जन एसएसपीमा बढुवा सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बलका एसपी समिककुमार महर्जन एसएसपी बढुवाका लागि सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले महर्जनलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो ।
रिक्त एक एसएसपीमा सिफारिस भएका महर्जनले अब सात दिनसम्म पनि कुनै उजुरी नपरे बढुवाको दज्र्यानी चिन्ह प्राप्त गर्नेछन् ।
