पोखरा एभेन्जर्सले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनायो ।
पोखराका लागि ओपनर एडम वासिङटन र जिम्मी निशमले उत्कृष्ट ब्याटिङ गरे । एडमले ६३ बलमा ८१ रन बनाए । ३३ रनमा ४ विकेट गुमाएको पोखराको ब्याटिङलाई एडम र जिम्मी निशमले उकासेका थिए । जिम्मीले अर्धशतक प्रहार गरे ।
उनी ३२ बलमा ५१ रनमा अविजित रहे । दिनेश खरेल ७, कप्तान कुशल भुर्तेल ०, सुमित वर्मा ०, तिर्थ दास १ रनमा आउट भए । किरणकुमार ठगुन्ना एक रनमा अविजित रहे । बलिङ लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुईदुई विकेट लिए । गुल्ददिन नाइवले एक विकेट लिए ।
