आज मंसिर १५ गते सोमबार,यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- हाड जोर्नीमा समस्या देखिन सक्छ, आर्थिक लेनदेनमा चुनौती आइपर्नेछ। अरुको विश्वास सजिलै जित्न सकिने समय छ। बौद्धिक काममा तीब्रता र जोश बढ्नेछ, पुराना समस्याहरू समाधान हुने अवसर प्राप्त हुनेछ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- शैक्षिक उन्नतिका अवसर प्रशस्त छन्। विवाहित जीवन सुखमय रहनेछ। खानपानमा सचेत रहनु लाभदायी हुनेछ । नयाँ काम सुरु गर्न वा वैदेशिक कार्य अघि बढाउन समय अनुकूल छ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- चरित्र सम्बन्धी आरोप आउन सक्छ, त्यसैले विपरित लिङ्गीबाट टाढा रहनु उपयुक्त छ। उद्योग, व्यापार वा प्रतिस्पर्धामा फाइदा हुनेछ । गरिएका प्रयासको उचित प्रतिफल प्राप्त हुनेछ । टाढाको यात्रा लाभदायी हुन सक्छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- पारिवारिक मतभेद बढ्ने देखिन्छ । पढाइ र निर्णयमा अवरोध आउन सक्छ । लेनदेनमा विवाद उत्पन्न हुन सक्छ, तर विगतको श्रमबाट लाभ मिल्नेछ । अरूलाई अचेत रूपमा असर पार्दा दुस्ख भोग्नुपर्नेछ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- बुद्धिको प्रयोगले सफलता मिल्नेछ । आय व्यय सन्तुलित हुने देखिन्छ । खर्चका बाध्यता रहला । रोकिएका काम बन्ने र नयाँ जिम्मेवारी सफलतापूर्वक सम्हाल्न सकिने समय छ । सहयोगीहरूले साथ दिनेछन्।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- धार्मिक कार्यमा मन नलाग्न सक्छ । गोपनीयतामा सावधान रहनु पर्ला । विदेश सम्बन्धी प्रयास सफल हुनेछन् । दाम्पत्य जीवन सुमधुर रहनेछ, छुटेका सम्बन्ध पुनस् मिलन हुने सम्भावना छ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- घर र सवारी साधनमा फाइदा मिल्नेछ । दाम्पत्य जीवन सुखद रहनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । आत्मीयजनसँग असमझदारी हुन सक्छ, तर तपाईंका प्रयासको सराहना पनि हुनेछ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- स्वास्थ्यमा ध्यान दिन आवश्यक छ, विशेष गरी हड्डी, नसा र पेटसँग सम्बन्धित । आम्दानीका अवसरहरू प्रशस्त रहनेछन् । विद्यार्थीहरूका लागि दिन अनुकूल छ । गोपनीयतामा सतर्क रहनु लाभदायी हुनेछ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- दाम्पत्य सम्बन्धमा विवाद बढ्न सक्छ । घरेलु समस्या र मित्ररआफन्तसँगको झगडाले मन चिन्तित हुन सक्छ । बोली र व्यवहारमा सतर्क रहनु पर्ला । गोपनीयता कायम राख्नु लाभदायी हुनेछ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- नोकरी, राजनीति वा व्यवसायिक प्रयास सकारात्मक रहनेछन् । कृषि वा चौपायामा केही चुनौती आउन सक्छ । धन आर्जनको समय अनुकूल छ । व्यवसायिक काममा फड्को मार्न सकिने समय छ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- बोलीको प्रभावले अरूको विश्वास जित्न सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अघि बढ्नेछन् । खानपानमा सजग रहनु लाभदायी छ । भेटघाट र योजना व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- आम्दानी सीमित रहन सक्छ । यात्रा लाभदायी कम हुने देखिन्छ। प्रेम सम्बन्धमा खटपट रहन सक्छ, पढाइमा ध्यान आवश्यक छ । पुराना रोग पुनस् सताउन सक्छन् । रोकिएका काम बन्ने र आम्दानीको स्रोत बढ्ने अवसर छ।
