हामी हामी सबै जुट्छौँ: शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत महासचिवका उम्मेदवार शंकर पोखरेलले पार्टीभित्रको एकता, दृढता र साझा जिम्मेवारीलाई जोड दिएका छन्।

आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले भनेका छन्, ‘हामी सबै जुट्छौँ, हामी जित्छौँ। पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार हो।’

पोखरेलले एमालेको सामूहिक शक्ति र ऐक्यबद्धतामाथि विश्वास व्यक्त गरेका छन्। एमालेका सबै नेता कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढेमा चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टी, आन्दोलन र राष्ट्रको हित सुरक्षित गर्न सकिने उको भनाइ छ।