हर्क साम्पाङ नेतृत्वको श्रम,संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
काठमाडौं। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौंको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको हो।
२०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो। विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई सीआईबीले मङ्गलवार पक्राउ गरेको हो।
