सुनचाँदीकै मूल्य बढ्यो,तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। मङ्गलबारको तुलनामा आज बुधबार सुन तोलामा ७०० सयले बढेको हो।
मङ्गलबार दुई लाख ५९ हजार निर्धारण भएको सुन आज प्रतितोला दुई लाख ५९ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदी १७० रुपैयाँ बढेर तोलामा चार हजार ५५ रुपैयाँ निर्धारण भएको छ। हिजो मंगलबार चाँदी तीन हजार ८८५ मा कारोबार भएको थियो।
