जेनजी आन्दोलन छानबिन: राजनीतिक नेताको बयान लिन आयोगको तयारी
काठमाडौं। जेनजी आन्दोलन जाँचबुझ आयोगले आगामी साता राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जाँचबुझको प्रगतिबारे जानकारी गराउँदै आगामी कार्ययोजना सुनाएका हुन्। भेटमा उनले आयोगको म्याद एक महिना थप गर्न आग्रहसमेत गरेका छन्।
यसअघि मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझका लागि आयोगको कार्यादेश विस्तार गर्ने निर्णय गरेको थियो ।
