जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिने: प्रधानमन्त्री

काठमाडौं। सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र अन्य पदाधिकारीसँगको भेटमा म्याद विस्तार गर्ने सहमति जनाएकी छन्।

अध्यक्ष कार्कीका अनुसार,आयोगको म्याद सकिन लाग्दा पनि काम अझै बाँकी छ। दुई हप्तासम्म बिदा र प्रहरीले सूची पठाउन ढिलाइ गरेको कारण काममा ढिलाइ भयो। हामीले प्रधानमन्त्रीज्यूसँग सो कुरा राखेका थियौं, र उनले म्याद थप्ने प्रस्ताव पठाउनुभयो भने थपिदिने बताएका छन्।

आयोगको म्याद यही ९ पुसमा सकिन लागेको थियो। बाँकी काम पूरा गर्न थप एक महिनाको समय आवश्यक भएको कारण प्रधानमन्त्रीसँग छलफल गरी म्याद विस्तार गर्ने निर्णय गरिएको अध्यक्ष कार्कीले बताए।