रवि लामिछाने भोली मात्र रिहा हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोली मात्र रिहा हुने भएका छन्।

रास्वपा नेता हरि ढकालले लामिछानेलाई शुक्रवार भैरहवा जिल्ला अदालत लगेपछि मात्र रिहा हुने प्रक्रिया सुरु हुने जानकारी दिएका छन्।

रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। लामिछाने हाल पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन्।