प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा कांग्रेसका क-कसले हस्ताक्षर गरेनन् ?

काठमाडौं । नेपाली कांग्रेसका २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा उभिएका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भन्दै ६५ सांसदले हस्ताक्षर गर्दा सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, गगन थापा र विश्वप्रकाश शर्मा र इतर समूहका नेता डा शेखर कोइरालासहितका नेताहरूलेृ हस्ताक्षर गरेका छैनन ।

प्रतिनिधिसभा पुनस्र्थापनाका लागि कांग्रेसका ६५ सांसदले हस्ताक्षर गरेर मंगलबार सर्वोच्च अदालतमा पूरक रिट दायर गरेका हुन् । मंसिर २३ गते नै विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ सांसदले पुनस्र्थापना माग्दै रिट दायर गरेका थिए ।

त्यही रिटमा मंगलबार ५७ सांसदले पूरक रिट दर्ता गरेका हुन् । त्यो रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ बुधबार सकिएको छ ।

यी हुन् हस्ताक्षर नगर्ने सांसदहरू

१- अर्जुन नरसिंह के.सी.
२- डा.आरजु राणा
३- उदय शमशेर राणा
४- कुसुमदेवी थापा
५- गगन कुमार थापा
६- दिक्पाल कुमार शाही
७- धनराज गुरुङ
८-पूर्ण बहादुर खड्का
९- प्रतिमा गौतम
१०- प्रदीप पौडेल
११- मुक्ता कुमारी यादव
१२- मैना कार्की
१३- मोहन बहादुर बस्नेत
१४- योगेश गौचन थकाली
१५- लिलादेवी वोखिम (लिम्बू)
१६- विमलेन्द्र निधि
१७- विश्वप्रकाश शर्मा
१८- डा.शेखर कोइराला
१९- शेर बहादुर देउवा
२० -सपना राजभण्डारी
२१- सिता मिजार
२२- सुरेन्द्र राज आचार्य
२३- संजय कुमार गौतम
२४- हृदयराम थानी