नागार्जुनमा भूमाफिया गजेन्द्र मास्केको आतंक,जग्गा विवाद चर्कियो
काठमाडाैं। नागार्जुन नगरपालिका वडा नं. ६ टौखेलस्थित विल्सन स्कुल नजिक रहेको जग्गामा मिटरब्याजी गजेन्द्र मास्केको जगजगी देखिएकाे छ। मिटरब्याजीले जबर्जस्ती बाटोमा पर्खाल लगाउने काम गरेर दुख दिने गरेकाे जग्गा धनी कुमार लामिछानेले गुनासाे गरेका छन्।
जग्गा धनी कुमार लामिछानेले मिटरब्याजी मास्केले जबर्जस्ती बाटोमा पर्खाल लगाएको र आफ्नो जग्गामा अतिक्रमण गरेको आरोप लगाएका छन्। विभिन्न समाचार माध्यमबाट प्रकाशित समाचार अनुसार मिटरब्याजी गजेन्द्रराज मास्केले नेपाल प्रहरीको संरक्षणमा गरिब जनतालाई ठगी गरेको र हजारौंलाई घरबारविहीन बनाएको उल्लेख छ। स्रोतहरूको आरोप अनुसार मास्केले विगतमा जग्गा दलालीको काम गर्दै आएका र तत्कालीन काठमाडौं जिल्ला प्रहरी प्रमुख समेत रहेका हनुमानढोकाका डीएसपी किरण गौतमको सम्पर्कमा पुगेपछि यो अपराध कर्म सुरु भएको हो।
निकट स्रोतहरूले थप जानकारी दिँदै मास्केले हजारौं गरिब परिवारलाई मिटरब्याजमा फसाएर उनीहरूलाई घरबारविहीन बनाएको दाबी गरेका छन्। काठमाडौंको हनुमानस्थानमा गरिब परिवारमा जन्मिएका र शिक्षाको अभावमा रहेका मास्केले शक्ति, सत्ता र प्रहरीको पहुँचको भरमा यो अवैध धन्दा चलाउँदै आएको आरोप छ। मास्केले लुटेको पैसाबाट नागार्जुन नगरपालिका वडा नं.६ टौखेलस्थित विल्सन स्कुल नजिकको जग्गामा करिब एक रोपनी क्षेत्रफलमा भव्य महल निर्माण गरेको र हालका गृहमन्त्री ओम प्रकाश अर्यालको नाम दुरुपयोग गर्दै हिँडेको समेत स्रोतहरूको दाबी छ।
तर, जग्गा सम्बन्धी विवादमा आफूविरुद्ध लगाइएका आरोपहरू पूर्णतया आधारहीन र एकपक्षीय रहेको भन्दै जग्गा धनी कुमार लामिछानेले खण्डन गरेका छन्। लामिछानेले स्पष्ट पार्दै भने,मिटरब्याजी गजेन्द्रराज मास्के पक्षले तथ्य नबुझी भ्रम फैलाएको छ। कानुनी प्रक्रिया नमान्दै सार्वजनिक दबाब सिर्जना गर्ने प्रयास भइरहेको छ।
लामिछानेका अनुसार सो क्षेत्रमा वर्षौंदेखि चलनचल्तीमा रहेको राजकुलाेलाई व्यवस्थित गर्ने विषयलाई गलत रूपमा चित्रण गरिएको हो। उनले आफूले कुनै पनि काम स्थानीय तहको जानकारीबिना वा प्रशासनको आदेश अवज्ञा गर्दै नगरेको स्पष्ट पारेका छन्। नापी कार्यालयसँग मिलेमतो गरी नक्कली कागजात बनाएको आरोपलाई पनि उनले अस्वीकार गर्दै आफ्नो पक्षबाट कुनै नक्कली पुर्जा वा कागजी हेरफेर नगरिएको र नापी सम्बन्धी सम्पूर्ण काम सरकारी प्रक्रियाअनुसार भएको दाबी गरेका छन्। यदि कसैले गलत काम गरेको प्रमाण छ भने सम्बन्धित निकायमा जाँच होस्, उनको भनाइ छ।
मास्के पक्षले सार्वजनिक गरेको हातपातको आरोपलाई पनि लामिछानेले असत्य र बढाइचढाइ भएको बताएका छन्। उनका अनुसार विवाद चर्किए पनि कुनै कुटपिट भएको थिएन र घटनालाई राजनीतिक तथा प्रशासनिक दबाब सिर्जना गर्ने उद्देश्यले अतिरञ्जित बनाइएको हो। प्लटिङ र सार्वजनिक जग्गा अतिक्रमणको आरोपबारे लामिछाने पक्षले आफूले कुनै सार्वजनिक जग्गा वा राजकुलो मासेको प्रमाण प्रस्तुत गर्न चुनौती दिएका छन्। यदि उल्लङ्घन भएको छ भने कानुनअनुसार कारबाही स्वीकार्य छ, उनले भनेका छन्।
वडा कार्यालयका जनप्रतिनिधि र नापी कर्मचारीको संलग्नता रहेको भन्ने आरोपलाई पनि लामिछानेले पूर्वाग्रही आरोप भन्दै अस्वीकार गरेको छन्। उनका अनुसार मास्के पक्षले आफ्नो निजी विवादलाई राजनीतिक र प्रशासनिक रंग दिन खोजेको बताए।
त्यस्तै पीडित पक्षका अनुसार सो जग्गासम्बन्धी विषयमा मिटरब्याजी मास्केले यसअघि नै लाखाैं रुपैयाँ लिइसकेको भए पनि पुनः विभिन्न बहाना बनाउँदै दुई करोड रुपैयाँ नदिए समस्या समाधान नहुने भन्दै धम्क्याउने काम भइरहेको छ। स्थानीय स्रोतहरूले असुलीको उद्देश्यले जग्गामा जाने बाटो नै बन्द गर्ने, पर्खाल लगाउने र विवादलाई जबर्जस्ती तन्काउने गतिविधि भइरहेको बताएका छन्।
केही दिनअघि मास्के समूहले बाटोमै पर्खाल लगाए पनि स्थानीयको विरोधपछि त्यो धेरै दिन टिक्न सकेन। स्थानीयवासीका अनुसार पैसा लिइसकेपछि फेरि असुली गर्न सकिन्छ कि भनेर बाटो अवरुद्ध गर्ने र त्रास सिर्जना गर्ने प्रयास गरिएको हो। पीडित पक्षले नापी,मालपोत कार्यालय र जनप्रतिनिधिसँग मिलेमतो गरेको आरोप लगाउँदै प्रचारबाजीसमेत गरिएको दाबी गरेको छ।
मास्के समूहले हालसाबिक भइसकेको चार आना जग्गालाई कागजी रूपमा दुई आना मात्रै भएको भन्दै पुर्जा नक्कली भएको आरोप लगाएर असुलीको माध्यम बनाइरहेको पीडितको भनाइ छ। सो क्रममा नापी कार्यालयका कर्मचारीहरूलाई समेत आफ्नो अनुकूल काम गर्न दबाब दिइएको र नमान्दा नक्कली कागजातको आरोप लगाउने गरिएको स्रोतको दाबी छ। नापी कार्यालयका केही कर्मचारीसमेत यस्ता दबाब र धम्कीबाट आजित भएको बताइन्छ।
तर, यी सबै आरोपलाई कुमार लामिछानेले अस्वीकार गर्नुभएको छ। उहाँले नापी कार्यालयसँग मिलेमतो गरी नक्कली पुर्जा बनाएको, सार्वजनिक जग्गा वा राजकुलो मासेको तथा नक्साविपरीत जग्गा पास गराएको भन्ने आरोप पूर्ण रूपमा झुटो भएको बताउनुभएको छ। यदि मैले कुनै गैरकानुनी काम गरेको प्रमाण छ भने सम्बन्धित निकायमा छानबिन होस्, कानुनअनुसार कारबाही स्वीकार्छु, उहाँको भनाइ छ।
उहाँले कुनै पनि काम स्थानीय तहको जानकारीबिना वा प्रशासनको आदेश अवज्ञा गर्दै नगरेको स्पष्ट पार्नुभएको छ। हातपात भएको भन्ने आरोपलाई पनि उहाँले असत्य र अतिरञ्जित भएको बताउनुभएको छ।
यसैबीच, मिटरब्याजी गजेन्द्रराज मास्केमाथि विगतदेखि नै मिटरब्याजमार्फत सर्वसाधारणलाई घरबारविहीन बनाएको आरोप विभिन्न सञ्चारमाध्यममा प्रकाशित हुँदै आएको छ। शक्ति, सत्ता र पहुँचको दुरुपयोग गर्दै अवैध आर्थिक कारोबार गरेको आरोपबारे पीडितहरूले पटक–पटक आवाज उठाउँदै आएका छन्। मिटरब्याजबाट संकलित रकमबाट नागार्जुन–६ टौखेल क्षेत्रमा भव्य महल निर्माण गरिएको दाबीसमेत स्रोतहरूले गरेका छन्। उनीहरूले मिटरब्याज, भूमाफिया र जबर्जस्ती गतिविधिमाथि निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
कुमार लामिछानेले सबै पक्षलाई कानुनी प्रक्रियामा जान र अप्रमाणित आरोपका आधारमा सार्वजनिक दबाब नदिन आग्रह गर्नुभएको छ। “न्याय अदालत र कानुनी निकायबाट हुन्छ,हल्ला र डरत्रासबाट होइन,उहाँको भनाइ छ।



