अटो र जीप ठोक्किँदा एकजनाको मृत्यु, एकको अवस्था गम्भीर
काठमाडौँ ।डडेल्धुराको आलितालमा अटो र जीप ठोक्किँदा एकजनाको मृत्यु भएको छ। एकजनाको अवस्था गम्भीर छ।
दुर्घटनामा अटोमा रहेका परशुराम नगरपालिका १० जोजला बस्ने २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएका हो।
शुक्रबार बेलुकी करिब ८:४० बजेतिर विपरीत दिशाबाट आइरहेको म १ च ४४१ नम्बरको जीप र बुडरबाट जोगबुडा जाँदै गरेको भि.न.पा. ००१ ह ०४०८ नम्बरको अटो आलिताल-४ जाल्टुडामा ठोक्किएको प्रहरीले जनाएको छ।
अटोमै रहेकी अछामको पञ्चदेवल नगरपालिका-३ बस्ने २१ वर्षीया सबिता थापामगरको अवस्था गम्भीर छ। जोगबुडा अस्पतालबाट रेफर गरेर धनगढी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
अटो चालक गोपाल मगर फरार छन्। जीप चालकलाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

