विश्व सर्वहारा नेता माओ त्सेतुङको १३३ औं जन्मजयन्ती

काठमाडौं। विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा महत्त्वपूर्ण मानिने आज विश्वभर माओ दिवस मनाइँदैछ। सन् १८९३ को यही दिन चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष तथा माओवादका प्रवर्तक कमरेड माओ त्सेतुङको जन्म भएको थियो।

नयाँ जनवादी क्रान्तिका सिद्धान्तकार, योजनाकार एवं प्रयोगकर्ता समेत रहेका कमरेड माओलाई विश्व सर्वहारा वर्गको प्रेरणाको स्रोतका रूपमा लिइन्छ। उनको १३३ औं जन्मदिवसको अवसरमा विश्वभर सर्वहारा श्रमजीवी वर्गले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले जारी गरेको विज्ञप्तिमा कमरेड माओको जन्मदिवसप्रति ऐक्यबद्धता जाहेर गर्दै मार्क्सवाद-लेनिनवाद-माओवादको रक्षा, प्रयोग र विकासका लागि दृढताका साथ अगाडि बढ्ने प्रतिज्ञा गरिएको छ।

विज्ञप्तिमा रुस र चीनमा सञ्चालित समाजवादी व्यवस्थामाथि भएको प्रतिक्रान्तिपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको र नेतृत्वविहीन अवस्था रहेको उल्लेख छ। हाल विश्वभर क्रियाशील माओवादी कम्युनिस्ट पार्टीहरूले नयाँ खालको कम्युनिस्ट अन्तर्राष्ट्रियको गठनको प्रयास गरिरहेको र यसप्रति संगठनको समर्थन रहेको जनाइएको छ।

साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगका रूपमा परिभाषित वर्तमान समयमा माओवाद विश्व सर्वहारा क्रान्तिको पथप्रदर्शक सिद्धान्त भएको विज्ञप्तिमा जोड दिइएको छ।