कान्तिपुर स्पा-मसाजको नाममा गंगालाल हस्पिटल अगाडि यौनधन्दा चलाँउदै,प्रहरी मुखदर्शक

काठमाडौं । मसाज र स्पा सेन्टरको नाममा दिनहुँ जस्तो काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यौनधन्दा संञ्चालन हुँदै आएका छन्। स्पामा हुने अश्लील क्रियाकलाप रोक्न प्रहरीले बेलाबेलामा छापा नमार्ने पनि होइन तर पनि यो धन्दा रोकिएको छैन।यस्तै धन्दा काठमाडौंको अति संम्वेदनसिल क्षेत्र भनेर चिनिने महाराजगन्जक‍ो शहीद गंगालाल राष्ट्रिय हदृयरोग केन्द्रको नाकै मुनि रहेको कान्तिपुर स्पाले खुलमखुला यौन धन्दा चलाइरहेको पाइएको छ।

हाम्रो करिब एक महिना भन्दा लामो स्थलगत रिपोर्टिङबाट स्पाको नाममा यौनधन्दा चलाइरहेको पोल खुलेको छ। मसाज र स्पामा तेलमालिस त बहाना मात्र पो रहेछ,मसाजकर्ताको ध्येय अर्कैतिर हुन्छ। त्यो हो, ‘ह्याप्पी इन्डिङ’ अर्थात् मसाज र स्पा सेन्टरमा हुने स्खलन।

ग्राहकलाइ जतिसुकै अनुशासनमा राख्न खोजे पनि ग्राहकको मागका कारण मसाज र स्पामा हिजोआज ‘ह्याप्पी इन्डिङ’को चलन बढ्दो छ। हामीले उपत्यकाका तिनै जिल्लाका विभिन्न मसाज सेन्टर र स्पा को स्थलगत रिपोर्टिङ गरी तयार पारेको लामो रिपोर्टिङमा जे देखेका छौं त्यो आज हामी लेख्न बाध्य भएका छौं।

मसाज केन्द्र प्रवेश गर्दा थकित मुद्रामा छिरेको एउटा पुरुष फर्कंदा ‘फ्रेस’ मात्र भइरहेको हुँदैन,उसको मुहारमा बेग्लै चमक पनि छाइरहेको देख्न सकिन्छ।काठमाडौमा रहेका हरेक मसाज सेन्टर र स्पामा दिनहुँ देखिने दृश्य हो य‍ो।

यो तेल मालिसमा के त्यस्तो जादु हुन्छ र यसले दिनहुँ ग्राहक लोभ्याइरहेको हुन्छ रुके कारणले ग्राहकको अनुहार दिप्त हुन्छ? भन्ने मान्छेमा विभिन्न किसिमका जिज्ञासा आउनु स्वभाविक ह‍ो।

हाम्रो रिपोर्टिङमा मसाज र स्पाको आवरणमा त्यहाँ अश्लील क्रियाकलाप भएको स्पष्ट थाहा भएको छ। तेल मालिस त बहाना मात्रै रहेछ। त्यहाँ पाइने ‘अरुखाले’ सेवाले मात्र ग्राहक पल्काइरहेको छ।

के हो त्यस्तो सेवा भन्ने सबैमा उत्सुक्ता भइनैराख्ने नै भयो,त्यो “ह्याप्पी इन्डिङ ” त हो नि,छानीछानी मसाज सेन्टर र स्पा धाउने एक जना ग्राहकले भने,अहिले स्ट्यान्डर्ड भनिएका स्पामा पनि अश्लील क्रियाकलाप हुने गरेको ती ग्राहकले हामीलाइ हाँस्दै बताए।

उनले भने माथिदेखि तलसम्म पुरै मसाज गर्ने गरेका छन्। लास्टमा हस्तमैथुन गरेर ग्राहकलाई ह्याप्पी बनाइदिन्छन्। त्यसकै मज्जा लिन यहाँ मान्छेहरुको भिड लाग्ने गरेको उनले भने। कहिलेकाँही त रमाइलो पनि गर्नुपर्छ नि होइन र? हामीले उमेरमा करिब ५० वर्ष ढल्केका ग्राहकलाई सोध्यौ तपाँइ महिनामा कति पटक आउनु हुन्छ भने प्रश्नमा उनले भने हप्तामा एकपटक। हाम्रो प्रश्नको उतर दिँदा ती ग्राहकको अनुहार वैजनि रङको भएक‍ो थियो भने हामि माथी शंकास्पद दृष्टिले नियालिरहेका थिए।

के हो त ह्याप्पी इन्डिङ ?

पछिल्लो समय मसाज र स्पा धाउने ग्राहकमाझ चल्तीको गोप्य भाषा हो– ह्याप्पी इन्डिङ। कसैले छापा मार्ला भन्ने डर पनि भएन मज्जा पनि हुने भयो।

 जे देखियो

लोकेशन-महाराजगन्ज को कान्तिपुर स्पामा हामी एक नियमित ग्राहकको सहयोगमा उनीसँगै कान्तिपुर स्पा भित्र पुगियो। प्रवेश गर्न नपाउँदै चार–पाँच जना युवतीको समूहले सामूहिक रुपमा स्वागत गरिहाल्य,नमस्ते सर नमस्ते भन्दै के सेवा लिनु हुन्छ भनेर अफर सुरू गरि सकेका थिए।

‘पानी पिउने हो सर ? स्वागतको सिलसिला थप अघि बढ्यो। पानी पिइसकेपछि सदाझैँ ती ग्राहकले एक घण्टा मसाज गर्ने निर्णय गरे। युवतीसहित भित्र पर्दाले छोपिएको कोठामा पुगे। बाहिर अन्य युवतीहरु विभिन्न कुरा गरिरहेका थिए।

करिब एक घण्टाको मसाजपछि आएका ग्राहक मुस्कुराउँदै बाहिरिए। फेरि युवतीहरुले पानी अफर गरे। उनले पिए। कस्तो भयो त मसाज ? ‘बबाल नि, ह्याप्पी इन्डिङ नहुने कुरै थिएन।

मन्द मुस्कानसहित उनी बोले “त्यहाँ उनले एक घण्टाको बडी मसाजको १२ सय रुपैयाँ तिरेछन् जसभित्र ‘ह्याप्पी इन्डिङ’ पनि पर्यो। तर त्यतिमात्रले उनको यौन उतेजना रोकिएन तसर्थ उनले भित्र रु एकहजार तिरेर आफ्नो मन शान्त पार्न वाध्य भएको मठो मुख गर्दै गफ सुनाए ।

हामीले सुने भन्दा धेरै नै फरक अनुभव

हामीले एक महिनाभित्र ठमेल, दरबारमार्ग, महाराजगन्ज लाजिम्पाट,चाबहिल,चुच्चेपाटी,बौद्ध,जोरपाटीलगायत विभिन्न स्थानमा खोलिएका मसाज र स्पा सेन्टरमा पुग्दा थाहा भयो– नेपालीहरुमा ‘ह्याप्पी इन्डिङ’ गर्न मसाज धाउने ट्रेन्ड बढेको रहेछ। मसाज सेन्टरको आवरणमा यौन व्यवसाय चलाइरहेको खबर पहिले–पहिले पनि धेरै आएका थिए तर अहिले हामीले प्रत्यक्ष निहाल्ने र समाचार लेख्ने अवसर पायौ।

प्रहरीलाई पनि मसाज सेन्टरमा हुने अनैतिक क्रियाकलापबारे राम्रोसँग जानकारी छ। तर स्पासेन्टरका एक युवतीका अनुसार महाराजगन्ज का प्रहरी पनि हप्ताको दुई पटक ‘ह्याप्पी इन्डिङ” गर्न आउने गरेको बताँउछिन।

सिधा ‘सेक्स डिल’

ब्यानरमा प्रस्ट लेखिएको हुन्छ– मसाज सेन्टर अथवा स्पा, हामी कान्तिपुर स्पा सेन्टरमा पुग्दा भित्र सिधै ‘सेक्स डिल’ हुने गरेको पाइएक‍ो छ।

काउन्टरमा रहेकी महिलाले भनिन एकछिन पछि आउनुसन ल हामीले कतिखेर आउने के–के छ त सर्भिस? भन्ने प्रश्नमा उनले सिधा जवाफ दिइन्,सबथोक हुन्छ,बस्ने हो भने थप हजार रुपैयाँ बढी दिनुपर्छ।हामी त्यसो भए एकछिन पछि आउने सर्तमा बाहिर निस्कियौ।

त्यसपछि हामी अर्को स्पामा गयौं त्यहाँ चार युवतीहरु देखिन्थे। त्यहाँ रहेकी एक युवतीले मसाज गरेको मूल्य सोध्दा सुरुमा १५ सय भनिन्। पछि १२ सय रुपैयाँमा तयार भइन्। अनिवार्य आउँछु मिलेसम्म हप्ता दुइपटकसम्म आउने गरेको छु। 

मसाजमात्रै त के गर्नु र? घुमाउरो प्रश्नमा ती युवतीले सिधा जवाफ दिइन्,थप मज्जा लिनलाई पैसा थप्नुपर्यो नि? त्यत्तिकै कहाँ रमाइलो हुन्छ? अन्त्यमा ती युवती १५ सय रुपैयाँमा मसाज र रमाइलो दुवै गर्न तयार भइन्। त्यसपछि हामी एकछिन पछि आउने सर्तमा बिदा भयौंँ। 

त्यसपछि हामी अर्को स्पामा गयौ के छ सेवाहरू भनेर प्रश्न गर्दा त्यहाँ पनि १५ सयमा एक घण्टा र ८ सयमा आधा घण्टा मसाज हुने बताइन्। अरु के–के सर्भिस छ त? भन्ने प्रश्नमा ती महिलाको जवाफ कूटनीतिक थियो,मसाजको पैसा तिरेर भित्र जानुस्। अरु सर्भिसको कुरा भित्रै गर्नुस् न? मन मिल्ने कुरा न हो।उनको जवाफको आशय बुझ्न गाह्रो थिएन।त्यसपछि हामी एकछिनमा आउने सर्तमा त्यताबाट पनि बिदा भयौं।

हामीले स्थलगत रिपोर्टिङका क्रममा महाराजगन्ज , चाबहिल, बौद्ध र जोरपाटीका यी स्पा ग्रिन साइन स्पा,फेमेली हेल्थ स्पा,युनिक हेल्थ स्पा,साकुरा स्पा र एभरेष्ट हेल्थ स्पालगायतमा पनि ह्याप्पी इन्डिङ हुने गरेको पाइयो।

‘केही स्तरीय स्पाबाहेक प्रायःमा ह्याप्पी इन्डिङ हुन्छ,मसाज र स्पाका नियमित ग्राहक रहेका एक जनाले ठोकुवा गरेर भने,यति नभइ त मसाज र स्पा सेन्टर चल्छ पनि कसरीरु जिउ मालिस गर्नलाई मात्र त को त्यहाँ जान्छ र रु रमाइलो त हुनै प(यो नि होइन ररु

बाध्यताले मसाजसम्म

मसाज सेन्टर र स्पामा काम गर्ने अधिकांश कर्मचारीको आ–आफ्नै बाध्यताहरू हुन्छन्।अधिकांश कलेज पढ्ने किशोरीले आफ्नो चाहाना पुरा गर्न र घरको अवस्था कम्जोर भएकाले बाध्यताले यस्तो काम गर्न बाध्य भएको बताउने गरेका छन् भने कसैलाई श्रीमानले छाडेको,आर्थिक अवस्था कमजोर लगायतका कारणले उनीहरुलाई मसाज र स्पा सेन्टरसम्म अश्लील काम गर्न बाध्य बनाउने गरेको रिर्पोटिङका क्रममा खुल्यो।

हामीले ग्राहकको भेषमा काठमाडौं उपत्यकाका विभिन्न भागमा रहेका स्पा सञ्चालकहरूसँग कुरा गर्ने रिपोटिङ गर्ने क्रममा भ्वाइस रेकर्डिङ गरेर उनिहरूसँग कुराकानी गर्ने गरेका थियौ। स्पा र मसाज सेन्टरमा हुने यस्ता अनैतिक काम रोक्न नियमनकारी निकायले चासो दिन जरूरी रहेको देखिन्छ।

 यस्तो छ ऐनमा व्यवस्था 

मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन २०६४ मा कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कार्यलाई मानव बेचबिखन तथा ओसार प्रसार गरेको मानिने उल्लेख छ।

ऐनले वेश्या वृत्तिमा लगाउने वा शोषण गने उद्देश्यले कुनै प्रकारले ललाई,प्रलोभनमा पारी, झुक्याइ कसैलाई बसिरहेको घर,स्थान वा व्यक्तिबाट छुटाइ आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने कुनै स्थानमा राख्ने वा नेपालभर एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा विदेश लैजाने वा अरु कसैलाई दिने कार्यलाई निषेध गरेको छ।

कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र वेश्यागमन गर्नेलाई एक महिनादेखि ३ महिना कैद र २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ। 

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि विद्यमान मुख्य कानुनी व्यवस्थाहरुः सरोकारवाला निकाय

नेपालको संविधान २०७२ मा मौलिक हक र कर्तव्यको रुपमा र नागरीक सुरक्षा नीतिमा समेत उल्लेख गरेको छ। त्यस्तै मुलुकी अपराध (संहिता) ऐन, २०७४। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५ । श्रमजीवि महिलाहरूप्रति डान्स रेस्टुरेन्ट, डान्स बार,मसाज,स्पा जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन २०६४ र नियमावली २०६५का मुख्य व्यवस्थाहरुमा दण्ड तथा सजाय सम्बन्धि,क्षतिपूर्ति सम्बन्धि, गोपनीयता सम्बन्धि, पिडितको बयान प्रमाणित गराउने व्यवस्था एवं पीडकलाई पक्राउ गर्न वा खानतलासी लिन सकिने व्यवस्था गरिएको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रमुख समन्वयकारी निकायहरूमा महिला,वालवालिका तथा समाजकल्याण मन्त्रालय,मानव वेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति,मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति,मानव वेचविखन तथा ओसारपसार नियन्त्रण कार्यदल-उपसमिति मानव वेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय सयन्त्रहरु सक्रिय छन्।

त्यस्तै मानव बेचबिखन ऐन २०६४ अन्तर्गत (दफा ४ )मा अरुलाई वेश्यावृत्तिमा लगाउनेलाई कारबाही गर्ने कुरा उल्लेख छ।

यो केवल राष्ट्रिय दण्ड (संहिता) ऐन,२०१७ को खण्ड ११९ र १२० हो जसले वेश्यावृत्तिको लागि अनुरोध गर्न निषेध गर्दछ। कुनै व्यक्ति वेश्यावृत्तिमा संलग्न भएमा वा कसैलाई संलग्न गराएमा तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख छ।

यसैबीच ऐनको दफा १२० ले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो घर, जग्गा वा यातायातका साधन उपलब्ध गराउन नहुने ऐनमा उल्लेख गरेको छ।