काठमाडौंमा “मिटरव्याज”का किङ वीरेन्द्रलाल श्रेष्ठको रजगज,सर्वसाधारणका घर जग्गा लुट्दै

काठमाडौं । एक मिटरब्याजीले आफु नेपाल प्रहरी र सुरक्षा क्षेत्रका उच्च अधिकारीहरुसँग राम्रो सम्बन्ध रहेको बताउदै रवाफ प्रर्दशन गरिरहेका छन्। मिटर ब्याजीका नाइके भनेर चिनिने उग्रचण्डी २ काभ्रेका वीरेन्द्रलाल श्रेष्ठले हाल काठमाडौं उपत्यकालई आधार ईलाका बनाउँदै मिटरव्याजको विशाल साम्राज्य खडा गरेका हुन।

राजधानीका मिटर ब्याजका किङ मानिने विवादास्पद छवि भएका बिरेन्द्रलाल श्रेष्ठलाई प्रहरी अधिकारीले नै किन संरक्षण गरिरहेका छन्। चर्को ब्याजमा रकम उपलब्ध गराउने विरेन्द्रलालको उद्देश्य नै ऋणीको घरजग्गा हड्प्ने बाहेक अरु नहुने रहेको छ।

लिएको भन्दा दशौंगुना बढी रकम तिरीसक्दा पनि विरेन्द्रको ऋणीबाट मुक्त हुन नसकेका थुप्रै पिडीतको रोदन हेरिनसक्नु छ। अवैद्य हतियार र प्रहरी सहितका पासुले गुण्डाको घेरामा हिँड्ने विरेन्द्रलालले गरेका अपराधको संख्या गनिसाध्य छैन।

यस्ता अपराधिक गतिविधि गर्नेलाई सीआईबीका पुर्व प्रमुख हेमन्त मल्लले साथ दिँदै आएको सीआईवीकै एक प्रहरी अधिकारीले बताएका छन। विवादास्पद श्रेष्ठ हाल पनि सीआईबीमा अधिकांश समय बस्ने गरेको समेत सोर्तले बताइएको छ।

पुर्व सीआईबी प्रमुख डीआईजी हेमन्त मल्लले समेत श्रेष्ठद्धारा लगानी गरेको पैसा उठाउन सहयोगसमेत गरेको बताइएको छ । श्रेष्ठलाई पुर्व डीआईजी मल्लले लागू औषध कोटेश्वरमा हुँदा पनि राम्रै सहयोग गरेका थिए।

त्यतिबेला आफूले गरेको गैरकानुनी कार्यबाट बच्न श्रेष्ठले प्रखर नामक पत्रिकामा समेत लगानी गरेका थिए। त्यतिबेला डीआईजी मल्लले श्रेष्ठलाई विज्ञापनबापत भनी राम्रै रकम पनि उठतीपुठती गर्ने गरेको भरपर्दो स्रोतले बताएको छ।

पुर्व डीआईजी श्रेष्ठले अहिले श्रेष्ठलाई लगानी गर्ने प्रहरी अधिकारीहरुमध्ये सबैभन्दा बढी लगानी गरेको समेत तत्कालीन सीआईबीमा हल्ला चल्ने गरेको थियो।

यसरी अपराधिलाई पक्राउ गरी कानुनी कारबाहीमा ल्याउनुपर्ने प्रहरी अधिकारीले नै यस्ता अपराधिलाई संरक्षण गरी आफ्नै कार्यालयमा गैरकानुनी कार्य गर्छन् भने अब सर्वसाधारणले शान्ति सुरक्षा र जिउधनको रक्षा गर्न भनी खटिएका प्रहरीमाथि कसरी विश्वास गर्ने ? यस्ता प्रहरीका कारणले गर्दा अन्य स्वच्छ छवि भएका प्रहरीमाथि पनि प्रश्न चिन्ह खडा गरेको छ।

स्मरणीय छ,तत्कालीन सीआईबीमा डीआईजी मल्ललाई ल्याउन विरेन्द्रलालले मोटै रकम खर्च गरेर ल्याएको समेत ठाउँ न कुठाउँ बोल्न गरेका छन् । सोही कारण पनि त्यस बखतदेखी हालसम्म मिटर व्याजका नाईके बिरेन्द्रलालको सीआईबी ब्यूरो आफ्नै कार्यालय जस्तै भएको छ।

सिआइबी स्रोतकै अनुसार हालका ब्युरो प्रमुख डा.मनोज केसी सँगपनि मिटरव्याजीका किङ विरेन्द्रको राम्रै उठबस रहेको छ। नाईके श्रेष्ठलाई अन्त कतै नभेटिए सिधै सिआईबीमा गए भेट हुने सीआईबीका असन्तुष्ट प्रहरी अधिकारीहरु बताउँछन् ।

केही वर्ष अगाडि दिनदाहाडै राजधानीको सुकेधारामा सात राउण्ड गोली पड्काउँदा पनि प्रहरी प्रशासनले उनलाई किन उन्मुक्ति दियो र सयौं व्यक्तिलाई आश्वासन दिई गाँस, बास र कपास खोसी रातारात करोडपति बन्न सफल बिरेन्द्र लालका अनेक कर्तुतहरू सार्वजनिक भइरहँदा पनि प्रहरीले अहिलेसम्म उनलाई कुनै पनि कारबाहीको दायरामा किन ल्याउन सकेको छैन।

केही महिना अघि उनीद्वारा पीडितहरू कार्यालयमै आई प्रतिवाद गर्न खोज्दा उनले दिनदहाडै सुकेधारा कार्यालयको कौसीबाट सात राउण्ड हवाई फायर गरेका थिए । उनको हवाई फायरपछि भागामाग मच्चिदा केही व्यक्तिहरू घाइतेसमेत बनेका थिए।

यद्यपि श्रेष्ठका हवाई फायरबाट सुकेधारावासीसमेत आतंकित बनेका थिए। तत्कालिन आईजीपी कुवेरसिंह राना निवास नजिकै यत्रो घटना हुँदा पनि प्रहरी प्रशासनले भने यस घटनालाई सामसुम पार्नुले श्रेष्ठलाई प्रहरी प्रशासनले कतिको संरक्षण दिइरहेको छ स्पष्ट हुन्छ।

बहालवाला उच्च प्रहरी अधिकारी र पूर्व प्रहरी अधिकारीहरूको पनि महँगो ब्याजमा पैसा लिई मिटर ब्याजमा पैसा लगानी गर्दै आइरहेका श्रेष्ठलाई कारबाही गर्दा आफ्नो पैसासमेत डुब्ने र नियमित आफूहरूलाई पाउँदै आइरहेको ब्याज वापतको रकमसमेत बन्द हुने डरले प्रहरीका उच्च अधिकारीहरूले नै बिरेन्द्रलाललाई पक्राउ गरी कारबाही गर्न सकिरहेका छैनन्।

यद्यपि विरेन्द्रलाललाई कारबाही गर्न चौतर्फी दवाव आए पनि प्रहरी प्रशासनले नै उनलाई पक्राउ गरी कारबाही गर्न पछि हटिरहेको छ। पूर्व आईजीपीदेखि बहालवाला एसपी, एसएसपी, डीआजीहरूको करोडौं रकम मोटो ब्याज दिन्छु भन्दै फुत्काउन सफल बिरेन्द्र लाल श्रेष्ठ यिनै प्रहरी अधिकारीहरूको संरक्षणमा खुलेयाम हिँडरहेका छन्।

यस्ता विवादित छवि भएका श्रेष्ठ कहिले दरबारमार्गको नाङ्लो, कहिले शेर्पा मल त कहिले चावहिल, सुकेधारामा छाति फुलाएर हिँड्ने गर्छन्।पुर्व आईजीपी दिपक थापा एसपी हुँदादेखि नै वीरेन्द्रको दोस्ती भएका कारण आइजिपी थापाको कार्यकाल भरी श्रेष्ठले प्रहरीभित्र खेलेको खेल खोजीसाध्य छैन।

तत्कालीन समयमा नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीसँग समेत राम्रो सम्बन्ध रहेको केहि अधिकारीहरुसँग उनले खुलासा गरे लगत्तै थप चर्चा चुलिएको थियो। आईजीपी शैलेश थापासँग भेटवार्ता नै नगरि आफुले भेटेको सम्म भनेपछि आईजीपी सचिवालयका प्रहरी कर्मचारी थप चनाखो बन्दै उनलाई प्रहरी हेडक्वाट छिर्न बन्देज गरिएको तत्कालीन प्रहरी स्राेतले बताएको छ।

मिटर ब्याजमा लगानी गर्नका लागि उनले अहिले सुकेधारास्थित एक घरमा सुविधा सम्पन्न कार्यालय संचालन गरेका छन्। उक्त कार्यालयमा उनले बाहिरदेखि भित्रसम्म सीसीटीभी क्यामेरा जडान गरेका छन् भने कार्यालय भित्रै सबैले देख्ने गरी निधक्करुपमा आफू बस्ने कुर्सीको दायाँ र बायाँ स्वचालित हतियार एसएलआर राखेका स्राेतको दावी छ।

उक्त कार्यालयमा उनले ठूलोठूलो डिल, गर्नुका साथै उनीद्वारा लगानी गरेको पैसा समयमा नबुझाउनेलाई त्यहाँबाटै प्रहरी र गुण्डा लगाई थर्काउनुका साथै यातना समेत दिने गर्छन्। दुई सय प्रतिशतभन्दा बढी चर्को व्याजमा रकम लगानी गर्ने र उनीहरूका घरबारी नै चप्काइदिने वीरेन्द्रलालको विवादास्पद क्रियाकलापलाई स्वयम् प्रहरीको उच्च नेतृत्वले नै साथ दिँदा यति छोटै समयमा ऊ अर्वौपतिको सूचीमा पर्न सफल भएको हो ।

वीरेन्द्रलाल निकट स्रोतका अनुसार उसका राजधानीमा मात्रै आधा दर्जन बढी आलीसान भव्य महल छन् भने जग्गा,गाडी घडेरी कति छन्, त्यो उसैले पनि कागजात नै हेर्नु पर्ने अवस्था होला। पूर्व प्रहरी महानिरीक्षक कुवेर सिंह रानादेखि पूर्व आईजी किरण गौतम, मदन खड्का, कल्याण गौतम, भिष्म प्रसाई, एसएसपी रमेश खरेलसम्म विरेन्द्रलाललाई व्याजमा रकम लगानी गर्ने सूचिमा छन्। अधिकांश प्रहरीकै पैसा चलाएकाले उनले प्रहरीबाट हुने कानूनी कारवाहीबाट संरक्षण नपाउने कुरै भएन।

प्रहरीका हाकिमसँग भएको सम्वन्धकै कारण आफूले थुप्रै इन्स्पेक्टर, असई बनाएको र सिपाही भर्नाको त संख्या आफूलाई एकिन नभएको गफ विरेन्द्रलालले जहाँकहीँ गर्दै हिँड्ने गर्छन्। प्रहरीका हाकिमसँग भएको उठबसकै कारण गाडी धुने र घरको बगैंचा हेरचाह गर्ने मात्र नभएर घरायसी कामकाज गर्न समेत बिरेन्द्रलालले प्रहरीका हबल्दार,जवान र परिचर प्रयोगमा ल्याउने गरेको पनि बुझिएको छ।

प्रहरीकै संरक्षण पाएका श्रेष्ठले ललितपुर निवासी सानु अवालेलाई प्रहरी लगाई अपहरण गरी उनको घर नामसारी गरी हडपेका छन्। त्यस्तै, श्रेष्ठले मैदीदेवी निवासी वृद्धा पाठकलाई पाँच लाख रुपैयाँ व्यवहारिक कारोबार गर्नभनी सापटी दिएका थिए। सो रकम पाठकले पटक पटक गरी तिरिसक्दा पनि सापट दिँदा विरेन्द्र लालको नाममा पाठकले चेक काटिदिएकी थिइन्।

तर, त्यो चेक सापट लिएको पैसा तिरिसक्दा पनि फिर्ता नदिई उल्टै आफ्नो भतिजो अमित श्रेष्ठलाई अगाडि बढाई वृद्धालाई अपहरण शैलीमै जवरजस्ती कागज गरी उल्टो ठगीको मुद्दा चलाई जेल पठाएका छन्। अदालतले पनि श्रेष्ठकै प्रभावमा परी २०७० माघ १० गते भएको आदेश अनुसार २०७० माघ १३ मा पक्राउ पुर्जी जारी गरेको थियो।

त्यसपछि केन्द्रीय अनुसन्धान व्यूरोलाई पनि आफ्नो हातमा लिई वृद्धा पाठकलाई पक्राउ गरी अदालतमा पेश गराउन श्रेष्ठ सफल भएका थिए। तत्कालीन समयमा वृद्धा पाठकलाई अदालतले २०७१ कात्तिक २६ गते देखि २०७२ कात्तिक २५ गतेका दिनसम्म एक वर्षका लागि जेल पठाएको थियो।

वीरेन्द्रलाल श्रेष्ठले मिटर ब्याजमा पैसा लगाउने क्रममा एक ब्यक्तिको २ करोड भन्दा माथीको घर, जग्गा, सम्पत्ति ४० लाखमा हत्याएका थिए। हतियारको बलमा उनले सम्पत्ति कब्जा गरेका हुन्। उनले काठमाडौं उपत्यकाका दर्जन भन्दा बढि घर कौडीको मूल्यमा हतियारकै बलमा कब्जा गरेको प्रहरी स्रोत बताउँछ।

उनीसँग ४० लाख ऋण लिएकामध्ये एक पीडितको सिफलको करोडौं मूल्यको घर वीरेन्द्रलालले कन्चटमा पेस्तोल देखाएर कब्जा गरेका थिए। सिफलको घर उदाहरण हो, वीरेन्द्रलालले त्यस्ता धेरै घरहरु कौडीको मूल्यमा कब्जा गरी १० बर्षको बीचमा अर्बाैं आर्जन गरेका छन्। उनको सम्पत्ति समेत छानबिन हुनुपर्ने माग पीडितहरुको छ।

तर, पाठक एक वर्षपछि जेलबाट मुक्त भए पनि जसरी पनि पाठकले आफूसँग लिएको भनिएको ऋण वापतको रकम श्रेष्ठले पाठकका आफन्तहरुलाई धम्की दिँदै असुलेका थिए। हाल आएर जेनजी आन्दोलनपछि बनेको सरकारलाई चक्मादिँदै श्रेष्ठले आफ्नो मिटरव्याजी साम्राज्यलाई झन बढाएको स्राेत बताउँछ ।राज्यको कानुन नै हुर्मत लिएर श्रेष्ठलाई गहिरो अनुसन्धान गर्नुपर्ने आवाज चर्किरहेका बेला उनको फुर्ती बढेकोमा सरोकारवालाहरु चिन्तित छन् । उनको कुकर्म फर्दाफास गर्न महानगरीय अपराध महाशाखा र सिआईबीले सुक्ष्मरुपमा पहिलेका फाइलहरु छानविन गर्नुपर्ने हुन्छ ।

यसरी संरक्षण पाए पछि फस्टाए वीरेन्द्रलाल श्रेष्ठ

नेपाल प्रहरीका पूर्वएआइजी किरण गौतम, कल्याण तिमिल्सिना, पूर्व एसपी ढकबहादुर कार्की लगायतको संरक्षणमा उनको मिटर ब्याज फस्टाएको हो । पुर्व प्रहरी अधिकारीहरुले वीरेन्द्रलाल श्रेष्ठ मार्फत पैसा लगानी गरेका थिए।

वीरेन्द्रलालले सुरुमा क्यासिनोमा हार्नेहरुलाई पैसा लगानी गर्दै मिटर ब्याजको धन्दामा हात हालेका थिए। बलराम सापकोटाले वीरेन्द्रलालको कमाइ देखेर मिटर ब्याजमा लगानी गर्न थालेको नजिककाहरु बताउँछन्। प्रहरीका हाकिमहरुको पैसा लिएर उनीहरुले मिटर ब्याजमा लगानी गर्दै आएका थिए।

प्रहरीको पैसा लगानी गरेपछि उठाउन सजिलो हुने र हतियार लिएर हिँडे पनि कुनै कारबाही नहुने भएकाले वीरेन्द्र लालले यो धन्दा गर्दै आएका थिए। यस्तो धन्दामा वीरेन्द्र धेरै अगाडि छन्। वीरेन्द्रलालले अहिले पनि प्रहरीका उच्च अधिकारीहरु सरुवा, बढुवा गर्ने हैसियत भएको भन्दै आफ्नो धाकधम्की प्रस्तुत गर्दै आइरहेका छन्।