पूर्वगृहमन्त्री लेखकले पत्रकार सम्मेलन बोलाए

फाइल तस्वीर

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले आज पत्रकार सम्मेलन आयोजना गरेका छन् । लेखकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन बोलाएका हुन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन नैतिकता प्रदर्शन गर्दै साँझ नै राजीनामा दिएका थिए। त्यसपछि भदौ २४ गते काठमाडौंलगायत मुलुकका ठुला सहरहरूमा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो।

पत्रकार सम्मेलन अघि लेखक सो घटनाका विषयमा बयान दिन आजै जाँचबुझ आयोग जाँदैछन्। जाँचबुझ आयोगमा बयान दिएलगत्तै लेखकले संसदीय दलको कार्यालयबाट विस्तृत सार्वजनिक गर्ने उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।