इटहरीमा उपचार गर्न आएकी सासूको ज्वाइँबाटै हत्या
काठमाडौं । सुनसरीमा उपचारका लागि आएकी सासूको ज्वाइँले हत्या गरेका छन् । भोजपुरको दिङ्लाबाट श्रीमानसहित उपचारका लागि इटहरी झरेकी पबीमाया बयलकोटीको ज्वाइँ गणेस साह गुप्ताले हत्या गरेका हुन्।
आज सोमबार घर फर्किने तयारीमा रहेकी पबीमायाको आइतबार राति नै ज्वाइँले पानी तान्ने ट्युबेलको हेण्डलले टाउकामा हानेर हत्या गरेको पाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
छोरी र ज्वाइँका बीचमा दिनहुँ झगडा हुने गरेको र ज्वाइँलाई सम्झाउन खोज्दा सासूको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सासुको हत्या गर्ने ज्याइँ गणेशलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
