अनुमगनमा विभाग सक्रिय बन्दै: दुईवटा फर्मलाई नगद जरिवाना,१५ वटालाई सच्चिन निर्देशन
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ।
विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेकोेमा केफियत देखिएका शक्ति मार्बल्स ललितपुर एकान्तकुनालाई २० हजार जरिवाना गरेको हो।
यस्तै,आर के ब्रदर्स ललितपुर हात्तीवनलाई १५ हजार जरिवाना गरेको छ। अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। विभागले हिजो ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका १७ वटा उद्योग तथा फर्मको अनुगमान तथा निरीक्षण गरेको थियो ।
स्थानीय प्रशासन, जनप्रतिनिधि समेतको सहकार्यमा बजार अनुगमन तथा निरीक्षण जारी रहने विभागको भनाइ छ।
