शीतलहरले वीरगञ्जका विद्यालय थप तीन दिन बन्द
पर्सा । वीरगञ्ज महानगरले शीतलहर चलेसँगै तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आजदेखि १८ गतेसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ।
विगत केही दिनदेखि बढ्दै गएको चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी सामुदायिक र संस्थागत विद्यालयलाई थप बिदा दिइएको हो ।
आगामी पुस २० गतेदेखि विद्यालय फेरि सञ्चालन हुने वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।
