डा.निकोलस भुसालको जीवन रक्षाका लागि तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन अल जेन मुभमेन्टको माग

काठमाडौं। अल जेन मुभमेन्ट नेपालले डा.निकोलस भुसालको जीवन रक्षा र उनको मानवीय अधिकार सुनिश्चित गर्न सरकारसँग तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेको छ।
त्यस्तै मुभमेन्टले प्रधानमन्त्रीलाई डा. भुसालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोले तत्काल उपचारको व्यवस्था गर्न आग्रह गरेको छ।

पत्रमा मुभमेन्टले भनेको छ,नागरिकको जीवन रक्षा अधिकार प्रति गम्भीर सरोकार राख्दै यो विज्ञप्ति प्रस्तुत गर्दछौं। हाल अनसनरत डा.निकोलस भुसालको स्वास्थ्य तथा जीवन जोखिममा पर्ने अवस्था सिर्जना भएकाे भन्ने सार्वजनिक जानकारी र सञ्चार माध्यमबाट आएको विवरणलाई हामीले गहिरो चिन्ता व्यक्त गरेका छौं।

अल जेन मुभमेन्ट नेपालले कुनैपनि अवस्थामा राज्यको प्रमुख दायित्व भनेको आफ्ना देशका नागरिकको जीवन रक्षा, स्वास्थ्य सुरक्षा र मानवीय व्यवहार सुनिश्चित गर्नु हो भनी जोड दिएको छ।

संस्थाका संयोजक मेघ बहादुर खत्रीले हस्ताक्षर गरेको सो पत्रमा डा.भुसालको यथाशीघ्र जीवन मार्गरूप सम्बोधन गरी नेपाल सरकारले निजको जीवन रक्षा गर्न अल जेन मुभमेन्ट नेपाल हार्दिक अनुरोध गर्दछौं भनिएको छ।