चक्रे मिलन गोर्खा-२ बाट एमालेको उम्मेदवार सिफारिस

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्यका लागि गोरखा-२ बाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन्।

गुरुङलाई नेकपा (एमाले) उम्मेदवार सिफारिस गरिएको हो। उम्मेदवार सिफारिस भएपछि प्रतिक्रिया दिँदै गुरुङले यो निर्णय व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजीको निरन्तर माग र दबाबका कारण लिएको बताए।

उनले आफू २०५० सालदेखि एमालेमा सक्रिय रहेको बताउँदै समाज सेवासँगै राजनीतिमा योगदान दिन खोजेको उनले बताए। आफूलाई गुण्डा आरोप लगाउने गरेकोमा पनि उनले दुखित भएको बताए।